You are viewing the translated version of उद्योगको अनुगमन तथा निरीक्षण.
Rule 18
उद्योगको अनुगमन तथा निरीक्षण
(१) ऐनको दफा ३७ को उपदफा (१) बमोजिम कुनै उद्योगको अनुगमन तथा निरीक्षण गर्दा सम्बन्धित विषयको विज्ञको समेत सहयोग लिन सकिने छ।
(२) ऐनको दफा ३७ को उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै उद्योगको काम कारबाहीमा कुनै सुधार गर्न आदेश दिनु पर्ने देखिएमा विभागले सो कुराको लिखित जानकारी त्यस्तो अनुगमन तथा निरीक्षण सम्पन्न भएको पन्ध्र दिनभित्र सम्बन्धित उद्योगलाई दिनु पर्नेछ।